मनोरञ्जन

नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित

Banner

काठमाडौँ, मङ्सिर २ –

नेपाल चलचित्र निर्माता सङ्घको १९औँ साधारणसभाबाट अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी सुनीलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

सोमबार भएको निर्वाचनमा महासचिव पदमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा रामप्रसाद रिजाल, उपाध्यक्ष पदमा ज्योतिराज राई निर्वाचित हुनुभयो भने रौनक विक्रम कँडेल निर्विरोध हुनुभयो ।

सङ्घको कार्यसमिति सदस्यहरुमा टङ्कबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया, प्रवीण कार्की, चुम्बनजङ्ग शाही र राजकुमार पण्डित निर्विरोध छनोट हुनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>