चितवन विशेष

उजेली सांस्कृतिक साँझको तयारी पूरा, आज एलिना र समीक्षाले प्रस्तुती दिँदै

Banner

विपिन पाठक

चितवन, कार्तिक २८–

उजेली बुटिक भरतपुरले दोस्रो शाखा शुभारम्भको अवसर पारेर राष्ट्रिय कलाकारहरू सहित गर्न लागेको उजेली सांस्कृतिक साँझको तयारी पूरा भएको छ ।

हाल सप्तगण्डकी चोकमा रहेको उजेलीले दोस्रो शाखा आज भरतपुरको चौविसकोठीमा शुभारम्भ गरेको छ । यही अवसर पारेर उजेली सांस्कृतिक साँझको आयोजना गरिएको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उजेलीकी प्रवन्धक विद्या पौडेलले जानकारी दिइन् । सांस्कृतिक कार्यक्रम आज बेलुका ६ बजेदेखि राति १० बजेसम्म चल्ने छ ।

कार्यक्रममा चर्चित गायिका एलिना चौहान, समीक्षा अधिकारी र गजलकार प्रदिप रोदन लगायत थुप्रै टिकटक स्टार तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमको समन्वकर्ता अञ्जन दवाडीले बताए । सांस्कृतिक कार्यक्रम हेर्न निःशुल्क प्रवेश व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

देशविदेशमा बुटिक साडी लगायत विभिन्न पोषाकका लागि उजेली बुटिक चर्चित छ। कोरोना कहरदेखी विभिन्न उतारचढाव आँउदा समेत व्यवसायीक सफलतालाई कायम राख्दै ५० बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>