चितवन विशेष

भोलि विश्व मधुमेह दिवसः सिडीसीमा ओपीडीसंगै निःशुल्क मधुमेह, थाइराइड परीक्षण

०
Banner

चितवन, कार्तिक २७–

विश्व मधुमेह दिवसको अवसरमा कार्डियो एण्ड डाइबेटिज सेन्टर प्रा.लि.(सिडीसी) भरतपुरले भोलि निःशुल्क रुपमा मधुमेहलगायतको परीक्षण गर्ने भएको छ ।

मधुमेह दिवसको अवसरमा विहान प्रभातफेरीसंगै खुल्ला रक्तदान कार्यक्रम, निःशुल्क ओपीडी, ३ महिनाको निःशुल्क सुगर परीक्षण, निःशुल्क थाइराइड परीक्षण कार्यक्रम आयोजना गरिएको सिडीसीका संचालक विजय न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विहान ९ देखि दिउँसो १२ बजेसम्म डा.कल्याण सापकोटा, डा.सुधिर रेग्मीद्धारा निःशुल्क ओपीडी परीक्षण गर्ने व्यवस्था रहेको न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>