चितवन विशेष
नारायणगढ जेसीज सप्ताहमा ‘बिजेनश संवाद’
०

चितवन, कार्तिक २७–
नारायणगढ जेसीजले अहिले ‘जेसीज सप्ताह–२०२५’ मनाइ रहेको छ ।
साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गर्दै आइरहेको जेसीजले आज भरतपुरका व्यवसायीहरुलाई केन्द्रीत गरेर ‘विजनेश संवाद’ कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघ चितवनको परिसरमा आयोजित कार्यक्रममा पछिल्लो समय व्यवसायीहरुले भोगेको समस्याका विषयमा चर्चा गरिएको थियो ।
नेपाली युवा उद्यमी मञ्च, युवा उद्यमी मंच, नारायणगढ जेसीजले मातृत्व प्रदान गरेका र छिमेकी शाखाहरुबीच बिजनेश संवाद गरिएको जेसीज सप्ताहका मुल संयोजक सिनेटर सन्तोष पण्डितले जानकारी दिए । संवाद कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम जेसीज अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























