Breaking News
अस्ट्रेलियामा सवारी दुर्घटनाः मृत्यु भएका तीन नेपालीको पहिचान खुल्यो

चितवन, कात्तिक २७-
अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कारका चालक (बाबु) ४१ वर्षीया कृष्ण हरि भण्डारी, ३१ वर्षीया सपना न्यौपाने (आमा) र तीन वर्षीया बालक रुबेन न्यौपाने (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूसँगै यात्रा गरिरहेकी सपनाकी आमाको उपचार भइरहेको छ । उनिहरु दुई वटा कारमा घुम्नका लागि गएका थिए ।
घटनापश्चात घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत नीराजन गौलीले नीकै पीडादायक घट्ना घटेको बताएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन् । संयोजक धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए ।






















