Breaking News

सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ९०० ले बढ्यो

Banner

चितवन,कात्तिक २७-

नेपाली बजारमा बिहीबार (कात्तिक २७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक २६) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन १७५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>