Breaking News

प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपः नेपालको विजयी सुरुवात

Banner

काठमाडौं,कात्तिक २७-

नेपालले बुधबार श्रीलङ्कालाई नौ विकेटले हराएर प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ।

भारतको नयाँ दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रनको स्कोर तयार पारेको थियो । नेपालले ५.२ ओभरमै एक विकेटको क्षतिमा ८८ रन बनाएर लक्ष्य हासिल ग¥यो । नेपालकी मनकेसी चौधरीले २२ बलमा ११ चौकासहित अविजित ६१ रन बनाएपछि नेपालको जित सहज बनेको हो । सुषमा तामाङ चार रनमा अविजित रहिन्।

नेपालको पालिमा आउट हुने एक मात्र ब्याटर विनिता पुन भइन्। उनले आठ बलमा दुई चौका प्रहार गरेर १३ रन बनाइन्। श्रीलङ्काका लागि सन्दाया निलन्थीले विनितालाई बोल्ड गरिन्। यसअघि कान्ति योगीले तीन विकेट लिएर श्रीलङ्काको पालि कमजोर बनाएकी थिइन्।

नेपालकी विनिता र लक्ष्मी लामाले पनि एक/एक विकेट लिए। श्रीलङ्काका लागि कप्तान तथा विकेटकिपर ब्याटर मिहिरानी डुलान्जलीले २९ बलमा दुई चौकासहित सर्वाधिक २३ रन बनाइन्। श्रीलङ्काका तीन ब्याटर शून्यमा आउट भए। खेलमा नेपालकी ब्याटर मनकेसी सर्वश्रेष्ठ खेलाडी चुनिइन्।

नेपालले दोस्रो खेलमा शुक्रबार भारतसँग खेल्ने छ। भारतले पनि पहिलो खेलमा श्रीलङ्कालाई सजिलै १० विकेटले हराएको थियो। यस प्रतियोगितामा आयोजक भारत, नेपाल र श्रीलङ्काबाहेक अस्ट्रेलिया, अमेरिका, पाकिस्तान र इङ्ग्ल्यान्डले पनि भाग लिएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>