Breaking News

सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

Banner

काठमाडौँ , कार्तिक २५-

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो।

सुनको मूल्य आज तोलामा ४ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा २९०० रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ।  तोलामा १०५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार एकसय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>