Breaking News

समानुपातिक उम्मेदवार बन्न रास्वपाले गर्‍यो आह्वान, पहिले समानुपातिक सांसद बनेका फेरि बन्न नपाउने

Banner

चितवन, कार्तिक २३–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनामा समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ ।

चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले समानुपातिक प्रणालीतर्फको उम्मेदवार बन्न आजैदेखि आह्वान गर्ने गरेको हो । पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । समानुपातिकामा उम्मेदवारी दिन रास्वपाले पाँच बुँदे सर्त राखेको छ ।

यसअघिको प्रावधान भन्दा केही बुँदा थप गर्दै पदको दुरुपयोग नगरेको स्वघोषणा, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा, वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा, सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुव्र्यवहार धम्की, जात लिंग आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको स्वघोषणा र आफूले परिवारको वा एकै घर सदस्यले आफ्ना आधारभूत आवश्यकताहरू आफू प्रतिनिधिसभा सदस्य हुँदासम्म स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी स्रोतको स्वघोषणालाई अनिवार्य बनाएको छ ।

यस्तै रास्वपाले यसपटक समानुपातिकको बन्द सूचीमा जेनजी स्प्रिटको प्रतिनिधित्व गर्दै २५ देखि ४० वर्षमुनिका युवाहरु र प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका लागि १००% प्रतिनिधित्व सुनिश्चित गरिएको प्रवक्ता झाले जानकारी दिए ।

यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका पार्टी सदस्यहरूले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको प्रवक्ता झाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>