अर्थ

सुनको मूल्यमा तोलामा ६ सय रुपैयाँ बढ्यो , कतिमा हुदैँछ कारोबार ?

Banner

काठमाडौं ,कार्तिक २१ –

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>