चितवन विशेष
नारायणगढ जेसीजले कार्तिक २३ गतेदेखि ‘जेसीज सप्ताह’ मनाउँदै

चितवन, कार्तिक २०–
नारायणगढ जेसीजले कार्तिक २३ गतेदेखि ‘जेसीज सप्ताह’ मनाउने भएको छ । आज पत्रकार सम्मेलन गरी जेसीजले कार्तिक २९ गतेसम्म जेसीज सप्ताह मनाउन लागेको जानकारी दिएको हो ।
५०औं वर्ष, स्वर्ण जयन्तीको अवसरमा आयोजना हुने जेसीज सप्ताह कार्तिक २३ देखि २९ गतेसम्म विभिन्न सृजनात्मक, सामाजिक र नेतृत्व विकासमुखी कार्यक्रमहरूका साथ मनाइने सप्ताहका मुल संयोजक सिनेटर सन्तोष पण्डितले जानकारी दिए ।
बिभिन्न कार्यक्रम अन्तर्गत, समाज, शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा खेलकुदलाई समेट्दै ७ दिन महत्वपूर्ण कार्यक्रमहरू संचालन हुनेछन् । जस अन्तरगत कार्तिक २३ गते पहिले दिन विहान ८ बजे, जेसीज सचिवालय भरतपुर–१ मा जेसीज सप्ताह तथा स्वर्ण जयन्ती स्मारक समुद्धघाटन समारोह आयोजना गरिने छ। पहिलो दिनको कार्यक्रम संयोजक जेसी सबिन पौडेल रहेका छन् ।
कार्तिक २४ गते सोमबार, क्यासी स्पोर्ट्स, बाह्रघरे भरतपुर–०३ मा विहान ८ बजे देखि नेपाल पत्रकार महासंघ चितवन र नारायणगढ जेसीज बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिने छ। दोस्रो दिनको कार्यक्रम संयोजक जेसी विमिशमान शाक्य रहेका छन् ।
कार्तिक २५ गते मंगलबार, जेसीज सचिवालय भरतपुर–१ मा बिहान ११ बजे देखि भरतपुरका सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ। तेश्रो दिनको कार्यक्रम संयोजक जेसी अस्वीन पौडेल रहेका छन् ।
कार्तिक २६ गते बुधबार, कुरिनटार, इच्छाकामनामा विहान ९ बजेदेखि नारायणगढ जेसीजको सहयोगमा निर्मित जेसीज गाउँमा आवस्यक शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम आयोजन गरिने छ। चौथों दिनको कार्यक्रम संयोजक संजीव पौडेल रहेका छन् ।
कार्तिक २७ गते चितवन उद्योग वाणिज्य संघ, भरतपुर १ मा दिउँसो ३ बजेदेखि भरतपुरका व्यवसायीहरुलाई केन्द्रित गरेर, नेपाली युवा उद्यमी मञ्च, युवा उद्धअमी मञ्च एवम नारायणगढ़ जेसीजले मातृत्व प्रदान गरेका र छिमेकी शाखाहरु बीच बीजनेश संवाद कार्यक्रम आयोजन गरिने छ। पाचौँ दिनको कार्यक्रम संयोजक अविनाश खनाल रहेका छन् ।
कार्तिक २८ गते सामुदायिक प्रहरी केन्द्र, भरतपुर–३ मा आम सार्व–साधारणलाई पोषण संबन्धित जनचेतना दिने उद्देश्यले पोषण विज्ञसँग अन्तक्रियात्मक कार्यक्रम दिउँसो १ बजेदेखि आयोजना गरिने छ । छैटौ दिनको कार्यक्रम संयोजक जेसी सुशील सापकोटा रहेका छन् । कार्तिक २९ गते बिहान ८ बजे देवघाट–५ मा रहेको देवघाट क्षेत्र विकास समितिद्वारा संचालन गरिएको वृद्ध आश्रममा भोजन ग्रहण गराउने कार्यक्रम रहेको छ भने, दिउँसो ४ बजे सचिवलयमा पुरस्कार वितरण तथा जेसीज सप्ताहको समापन कार्यक्रम आयोजन गरिने छ । अन्तिम दिनको कार्यक्रम संयोजक विपिन कंडेल रहेका छन् ।
जेसीजका चार कार्य क्षेत्र अन्तर्गतका सात दिन फरक फरक कार्यक्रम आयोजना गरी समुदायमा सकरात्मक सोच र परिवर्तन ल्याउने र जेसिज सप्ताह–२०२५ को स्वर्ण जयन्ती वर्षमा प्रवेश गरेको यो ऐतिहासिक अवसरले युवा नेतृत्व विकासको यात्रालाई अझ प्रभावकारी बनाउने अध्यक्ष रविन्द्र श्रेष्ठले विश्वास व्यक्त गरे ।
























