बजार
सोमबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्यो
०

काठमाडौं , कार्तिक १७-
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य आइतबार कै कायम छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार (हिजो) चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको थियो । 
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























