Breaking News

माओवादी, नेकपा एससहित ८ दलले गरे पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

Banner

काठमाडौं,कात्तिक १६-

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ राजनीतिक दलबीच पार्टी एकताका लागि १८ बुँदे सहमति भएको छ ।​ नेकपा (माओवादी केन्द्र)), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), ​जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पाटी (नेकपा माओवादी समाजवादी), नेकपा (साम्यवादीं र नेकपाबीच पार्टी एकताका लागि सहमति भएको हो ।

पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हुने गरी सहमति भएको छ । पार्टीको नाम टुंगो नलागे पनि चुनाव चिन्ह पाँचकुने तारा रहने सहमति भएको छ । पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रकृयामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने सहमतिपत्रमा उल्लेख छ।

त्यसैगरी, एकता राष्ट्रिय महाधिवेशन आगामी ६ महिनाभित्र आयोजना गरिने समेत उल्लेख छ । ‘केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साबिकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ,’ सहमतिपत्रमा भनिएको छ, ‘केन्द्रीय समिति भित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>