चितवन विशेष

चितवनमा व्यावसायी सिग्देलमाथि भएको कुटपिटमा संलग्नलाई कारवाही गर्न राप्रपाको माग

Banner

चितवन,कात्तिक १६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भरतपुर महानगर कार्यसमितिले युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) माथि गरिएको आक्रमणका दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। राप्रपाका भरतपुर महानगर अध्यक्ष दिपक थापाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै आक्रमणका दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका हुन ।

महानगर कार्यसमितिले सिग्देलमाथि केही व्यक्तिहरूले आक्रमण गरी घाइते बनाएको घटनाप्रति दुःख प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, “घटनामा संलग्न व्यक्ति वा समूहलाई कानुनअनुसार तत्काल कारबाही गर्न र भविष्यमामा यस्ता घटनाहरू दोहोरिन नदिन जिल्लाको शान्ति–सुरक्षा तथा कानून–व्यवस्था सुदृढ बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन अनुरोध गर्दछौं।” राप्रपाले नागरिकको सुरक्षालाई राज्यको पहिलो जिम्मेवारी रहेको भन्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउन प्रशासन समक्ष आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>