Breaking News

निजी अस्पतालका नर्सलाई सरकारी सरह तलव सुविधा दिने सहमति

Banner

काठमाडौं,कात्तिक १५-

निजी अस्पतालका नर्सलाई सरकारी सरह तलव सुविधा दिने सहमति भएको छ। शनिबार स्वाथ्य मन्त्रालयमा आन्दोलनरत नर्स, सरकार र निजी मेडिकल कलेज तथा अस्पतालका प्रतिनिधिबीच सरकारी सेवा सरह तलब सुविधा दिने सहमति भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी मेडिकल कलेज र ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा पाँचौं तह अर्थात ३४,७३० रुपैयाँ तलब दिने सहमति भएको छ। बुढाथोकीका अनुसार अन्य निजी अस्पतालहरूले भने हाललाई ८० प्रतिशत तलब प्रदान गर्ने र एक महिनाभित्र अस्पतालहरुको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पुर्‍याउने सम्झौता भएको छ।

त्यसबारे कार्यदलको समय अझै एक महिना थप गर्दै अस्पतालहरुको वर्गीकरण लगायतका अन्य काम हुने छ। कार्यदलले प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालहरूले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिने डा. बुढाथोकीले बताए। वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा गौतम, सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. बुढाथोकी, नर्सिङ संघका अध्यक्ष र महासचिव, तथा निजी मेडिकल कलेज र अस्पतालका प्रतिनिधिहरू उपस्थित थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>