खैरहनी
नारायणगढ लायन्सद्धारा दुई दिनमा दुई ठाउँमा निःशुल्क आँखा परीक्षण शिविर

चितवन, कार्तिक १५–
नारायणगढ लायन्स क्लबले दुई दिनमा दुई ठाउँमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।
नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ नारायणीको आयोजना, नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल र कुमरोज स्वास्थ्य चौकीको सहकार्यमा पूर्वी चितवनको खैरहनी–१२ स्थित कुमरोजमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । कुमरोज स्वास्थ्य चौकीको परिसरमा गरिएको कार्यक्रममा २३० जनाको आँखा परीक्षण गरिएको क्लवका सचिव विधान श्रेष्ठले जानकारी दिए ।
परीक्षणको क्रममा ३४ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । उनीहरुको भरतपुर आँखा अस्पतालमा शल्यक्रिया गरिने छ । कार्यक्रमको प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर नवराज सापकोटाको प्रमुख आतिथ्यता तथा नारायणगढ लायन्स क्लवका अध्यक्ष सनद कुमार पियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष जोशिला पियाललगायत लायन्सका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यस्तै नारायणगढ लायन्स क्लबको आयोजना तथा नेपाल नेत्र ज्योति संघ भरतपुर र भरतपुर आँखा अस्पतालको सहकार्यमा रत्ननगर–१३, पञ्चकन्या माविमा विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ ।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा नेत्र दोष भएका ३५ जना विद्यार्थीको ऑखा जाँच तथा चश्मा वितरण गरिएको क्लवका सचिव विधान श्रेष्ठले जानकारी थिए । कार्यक्रममा क्लवका अध्यक्ष सनद कुमार पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।





























