Breaking News

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

Banner

काठमाडौं,कात्तिक १४-

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् ।

अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा)सँग पनि एकता गर्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष नेपालले एकताका लागि पार्टीको सचिवालय बैठकले थप गृहकार्य गर्ने जानकारी दिएका उपाध्यक्ष प्रकाश ज्वालाले बताए । एकीकृत समाजवादीमा अध्यक्ष नेपाल इतरका एउटा पक्षले भने माओवादीसँग एकता गर्न नहुने अडान लिएको छ । एकता भए पार्टी पुनर्गठन गर्ने उनीहरूले बताउँदै आएका छन् ।

समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, रामझाँक्री लगायतले माओवादीसँगको एकताको विरोध गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>