Breaking News

पार्टी पुनःगठनको कुरा उठाउँदा छाडेर जान लागेको भाष्य निर्माण गरियोः तोसिमा कार्की

Banner

काठमाडौं, कात्तिक १४-

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा‌. तोसिमा कार्कीले पार्टी पुनःगठन र सुधारको विषय उठाउँदा आफूविरूद्ध पार्टी छाडेर जान लागेको भाष्य निर्माण गरिएको बताएकी छिन्। कार्कीले पुराना पार्टीको औचित्यमाथि प्रश्न उठिरहेका बेला आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा वैकल्पिक र स्वतन्त्र धार भएका व्यक्तिहरूलाई समेटेर पार्टी पुनःगठन गर्नुपर्ने आवाज उठाइरहेको बताइन्।

‘रास्वपा यदि साँच्चिकै यो भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा उभिने हो भने यसले वैकल्पिक र स्वतन्त्र धार भएका व्यक्तिहरूलाई समेट्न सक्नुपर्छ,’ कार्कीले भनिन्, ‘विकल्पको राजनीति छोडेर मूलधारको मध्यमार्गी राजनीतिको साझा प्लेटफर्म बन्न सक्नु पर्छ।’ उनले पार्टी व्यक्ति केन्द्रित भएर अघि बढेको र पटक(पटक गतल निर्णय भएको बताइन् । ‘पार्टीमा जनताको मुद्दामा भन्दा व्यक्तिको मुद्दामा अलमलियो,’ कार्कीले भनिन्, ‘अब महाधिवेशनबाट नेतृत्व पुनःगठन गरेर अघि बढ्नुपर्छ।’

आफूले पार्टी नेतृत्व सांगठनिक पुनरवलोकनको विषय उठाए पनि रवि लामिछानेको विरूद्ध लगेको भनेर भ्रम फैलाइएको बताइन्। ‘वैचारिक र सांगठनिक पुनःगठनको मुद्दा उठाउँदा अतिरञ्जित गरेर सामाजिक संजालको दुरूपयोग गरेर ममाथि निरन्तर प्रहार भइरहेको छ,’ कार्कीले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिलाई हटाउन खोजेको र विकल्प खोजेको भनेर पुनःगठनको विषयलाई कमजोर बनाउन खोजिएको छ।’

उनले सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपछि आफूमाथि प्रहार बढेको बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>