Breaking News

साम्बा चम्कँदा नेपालसँग भारत पराजित

Banner

काठमाडौं,कात्तिक १०-

कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ। भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा १–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो। पहिलो हाफको दोस्रो मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको ६३ औँ मिनेटमा साम्बाले फ्रिकीकमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।

भारतका लागि खेलको ८१ औँ भारतकी करिश्मा पुरुषोत्तमले शान्त्वना गोल फर्काइन्। मैत्रीपूर्ण खेलमा भारतले भने लगातार दोस्रो हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले पराजित भएको थियो। त्रिकोणात्मक मैत्रीपूर्ण खेलपछि नेपाल र भारतबीच १३ गते मैत्रीपूर्ण खेल हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>