Breaking News

योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा गोवद्र्धन,गाई पूजा गर्नेको भीड

०
Banner

चितवन, कार्तिक ५–
चितवनको देवघाटस्थित बागीश्वरीमा रहेको श्री योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आज गोवद्र्धन तथा गाइ पूजा गर्नेको भीड लागेको छ ।

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइने भएकाले केन्द्रमा गाईको गोबरले बनाइएको पर्वतमा पूजा गर्न भक्तालुहरुको भीड लागेको हो । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने चलन छ । यस केन्द्रमा तीन दिन अघि नै गोबरको पर्वत निर्माण गरिएको थियो । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको मानिन्छ ।

चितवनलगायत विभिन्न ठाउँबाट भक्तालुहरु गोवद्र्धन पूजा गर्न देवघाट पुगेका छन् । यस केन्द्रले लामो समयदेखि गाईको संरक्षण गर्दै आइरहेको छ । वर्षेनी यस केन्द्रमा गोवद्र्धन तथा गाई पूजाका लागि भिड लाग्ने गरेको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>