चितवन विशेष
खैरहनीमा ग्यास बुलेटसंग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
०

चितवन, कार्तिक ३–
गयराति पूर्व पश्चिम राजमार्ग अन्तरगत चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–२ स्थित लदरी खोला पुलमा गएराति करिब १०ः३० बजे ग्याँस बुलेट र मोटरसाइकल ठोक्किदा खैरहनी नगरपालिका–२ निवासी २८ वर्षीय मनिष बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिग्रेर रोकेको भारतीय नम्बर एचआर ३८ ए फ ६१२६ को ग्याँस बुलेटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ३२३० नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























