चितवन विशेष

नारायणी किनारमा खेलकुद तथा व्यापारिक मेला, तयारी तिव्र

Banner

चितवन, कार्तिक ३–

नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ देखि हुने बृहत खेलकुद तथा बृहत व्यापारिक मेलाको तयारी तिव्र पारिएको छ । महोत्सव परिसरमा अहिले काम तिव्र गतिमा भइरहको आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ ।

खेलकुदसँगै व्यवसाय प्रवर्द्धनका लागि आयोजित महोत्सव मंसिर २ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न खेलहरु खेलाईनुका साथै ३ सय भन्दा बढी व्यवसायिक स्टलहरु रहने समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । कार्कीका अनुसार महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ ।

यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने पनि कार्कीले जानकारी दिए । महोत्सवको मुख्य आकर्षणमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिमा रहनेछ । नेपालमा नै पहिलो पटक अतिरिक्त शुल्क नतिरी दर्शकहरुले दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावर अवलोकन गर्न सकिने महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिए ।

यस्तै महोत्सवमा बाल उद्यान र मुभिङ ट्रेन पनि रहनेछ । महोत्सव कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टलको व्यवस्था गरिनेछ । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा निस्शुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालमा चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६स्३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमश ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकट रहने खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्नका लागि अनुमानित एक करोड ५० लाख खर्च हुने कार्कीले बताए । महोत्सवबाट खर्च कटाएर बचत भएको रकम जिल्लाको खेल क्षेत्रको बिकास र प्रवर्द्धनमा खर्च गर्ने आयोजकको लक्ष्य छ । खेलकुद र व्यापार प्रवर्द्धनलाई मध्यनजर गरेर चितवनमा नै पहिलो पटक यस किसिमको महोत्सव आयोजना गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>