चितवन विशेष

एनपीएलको ट्रफी टुर चितवनमा मंगलबार हुने, यस्तो छ चितवन राइनोजले निकालेको रुट

Banner

चितवन, कार्तिक २–

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको ट्रफी टुर चितवनमा कार्तिक ४ गते (मंगलबार) हुने भएको छ । फ्रेन्चाइज टोली चितवन राइनोजले ट्रफी टुरको तालिका सार्वजनिक गरेको छ ।

नारायणघाटस्थित क्याम्पाचौरबाट सुरु हुने टुर रत्ननगरको सौराहा पुगेर समापन हुनेछ । ट्रफी टुर विहान ९ बजेदेखी सुरु हुने र राइनोजका खेलाडीहरुसंग भेटघाट गर्न सकिने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिए । ट्रफी टुरसंगै मोटरसाइकल र्‍याली समेत निकालिने छ ।

यस्तो छ रुटः

क्याम्पाचौर हुँदै नेपाल प्रहरी शिक्षालय, आँपटारी, पोखरा बसपार्क, पुलचोक, लायन्स चोक, सिएमसी, चौविसकोठी, भरतपुर विमानस्थल, हाकिम चोक, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ, निपनी, टाँडी हुँदै सौराहामा समापन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>