खेलकुद
कुशल भुर्तेलले खोले आधिकारिक फेसबुक पेज, एक घण्टामै बढे १४ हजार फलोअर्स
०

काठमाडौँ, कार्तिक २–
ओमानमा सम्पन्न टी–२० विश्वकप एशिया छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अलराउण्डर कुशल भुर्तेलले आजबाट आधिकारिक रुपमा फेसबुक पेज खोलेका छन् ।
अहिलेसम्म सामाजिक संजालमा फेसबुकमा नजोडिएका भुर्तेलले फेसबुक पेज खोलेको एक घण्टामै १४ हजार फलोअर्स पाएका छन् ।
भुर्तेलले पेज खोलेपछि पूर्व कप्तान तथा नेपाली टोलीका मूख्य स्पिनर सन्दीप लामिछाने पेज सेयर गर्दै फलो गर्न समर्थकहरुलाई आग्रह समेत गरेका छन् । नेपाली क्रिकेटरमा सबैभन्दा धेरै फलोअर्स भएको खेलाडीमा सन्दीप पर्छन् । सन्दीपको फेसबुक पेजमा ११ लाख फलोअर्स रहेको छ ।
https://www.facebook.com/profile.php?id=100080950321701
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























