Breaking News
भारतमा गएर भारतसँगै खेल्ने इच्छा छः रोहित पौडेल

काठमाडौं,असोज ३१-
नेपाली राष्ट्रिय क्रिकेट टिमले अपराजित रहँदै भारत र श्रीलंकामा हुने २०२६ को विश्वकपमा स्थान बनाएको छ। नेपालसँगै इस्ट एसिया प्यासिफिक क्षेत्र छनोटबाट यूएई र ओमानले पनि विश्वकप खेल्नेछन्। अन्तिम खेलमा सामोआमाथि १२४ रनको फराकिलो जित निकालेपछि नेपालका कप्तान रोहित पौडेल भन्छन्, ‘भारतमा गएर भारतसँग खेल्न मन छ।’
खेल पछिको पोस्ट म्याचमा रोहितलाई विश्वकप सम्बन्धी प्रश्न सोध्दा उनले भारत, अष्ट्रेलिया र इङ्ल्यान्डको नाम लिएका थिए। भारतको विरुद्धमा खेल्ने रहर छ। भारतमा भारतविरुद्ध खेल्न पाउनु निकै रमाइलो हुन्छ। ‘भारत र अष्ट्रेलियाविरुद्ध खेल्ने इच्छा छ। इङ्ल्यान्डले पनि निकै राम्रो गरिरहेको छ।’ उनले प्रतिद्वन्द्वी छान्दा निकै बलिया प्रतिस्पर्धीको नाम लिए। उनले यो प्रतियोगिता अवधिभर नेपाली टिमको बलिङ र फिल्डिङ निकै राम्रो रहेको बताए। ‘हामीले बलिङ र फिल्डिङमा पुरै प्रतियोगिता निकै राम्रो गर्यौ।’
उनले यो प्रतियोगिताभर प्रेसर रहेको तर आफ्नो टिमका खेलाडीले निकै राम्रो प्रदर्शन गरेको बताए। ‘पछिल्लो १५ दिन निकै प्रेसर भयो। तर जसरी केटाहरूले खेले निकै राम्रो खेले।’ उनले प्रतियोगिता अवधिभर समर्थकले निकै साथ र समर्थन गरेको बताए । ‘समर्थक हाम्रो लागि ३र४ खेलमा निकै समर्थन गरे। प्रतियोगिता अवधिभर निकै समर्थन गर्नुभयो। अब भारतमा भेटौंला ।’
आजको खेलमा प्लेअर अफ दी म्याच बनेका आसिफले भने, ‘प्रतियोगितामा टिमले निकै राम्रो खेल्यो। सबैले राम्रो गरे। टिम इर्फोटले गर्दा हामीले खेल जित्यौं।’
पूरा भयो विश्वकप खेल्ने टिमः
आयोजकः
भारत र श्रीलंका
२०२४ को विश्वकपबाट आएकाः
अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र बेष्ट इन्डिज
आइसीसी टिम वरीयता अनुसारः
पाकिस्तान, आयरल्यान्ड र न्युजिल्यान्ड
क्षेत्रीय छनोटबाट आएकाः
क्यानडा, इटाली, नेदरल्यान्ड्स, नेपाल, ओमान, यूएई, नामिबिया र जिम्बावे
























