चितवन विशेष
कांग्रेस सभापति देउवाको घरबाट बुद्ध मूर्ति चोर्ने चितवनका युवक पक्राउ
०

चितवन,असोज २९-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ घर भएका २९ वर्षीय विजय लामा छन् । काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेका लामाको डेराबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति र शंख बरामद गरेको छ ।
उनले जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा बुढानीलकण्ठ स्थित देउवाको घरबाट सो सामान लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























