Breaking News

जेनजी आन्दोलनमा विदेशी शक्तिको घुसपेट भयोः अध्यक्ष केसी

Banner

चितवन, असोज २५–

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जेनजी आन्दोलनमा अमेरिका र भारतीय साम्राज्यवादको घुसपेट भएको दाबी गरेका छन् । चितवनमा आजदेखि सुरु भएको अखिल नेपाल जनजाति सम्मेलनको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष केसीले पछिल्ला राजनीतिक अवस्थाबारे चित्रण गर्दै यस्तो धारणा राखेका हुन् ।

‘नयाँ पीडिले स्वभाविक कुरा उठाएका थिए । भष्टाचार नियन्त्रण हुनुपर्छ भनेर कलिला विद्यार्थीले उठाएको माग हाम्रो पनि हो । संसदबाट बारम्बार राष्ट्रिय जनमोर्चाले उठाएको पनि थियो,’ उनले भने ‘जेनजीको आन्दोलनलाई मौका छोपी अमेरिकी साम्राज्यवाद र रअ मिलेर नेपाललाई खरानीको थुप्रोमा परिणत गरेका छन्।’

कार्यक्रममा अधिकांश समय देशको राजनीतिक अवस्थाबारे बोलेका केसीले संसद विघटन गरेर आइएनजिओको जिम्मा लगाएको आरोप समेत लगाए । ‘विदेशी तत्वले जनताद्धारा निर्वाचित संसदलाई विघटन गरेर आइएनजिओले सरकार सञ्चालन गरेको छ,’ उनले भने ‘रअ र आइएनजिओमा काम गर्नेले राष्ट्रको हितमा काम गर्दैन्।’ अहिले आइएनजिओमा काम गर्ने मानिसहरुले सरकार चलाएको उनले बताए ।

विदेशी शक्तिका विरुद्ध बोल्ने आवाजलाई दबाउनका लागि विदेशी शक्तिले भ्रष्टाचार बेथितीका विरुद्ध बोलिरहेको राष्ट्रिय जनमोर्चाको कार्यालय समेत जलाएको बताए । ‘विदेशी शक्तिका विरुद्ध हामी निरन्तर लाग्यौँ । हाम्रो आवाजलाई दमन गर्न सुर्खेत, प्यूठान, अर्घखाची र बुटवलको पार्टी कार्यालय पोले,’ उनले प्रश्न गर्दै भने ‘हामीले त भ्रष्टचार गरेका थिएनौँ नि? यसमा विदेशी शक्तिकै हात छ।’ उनले संसदबाट ठुला राजनीतिक शक्तिलाई पटक पटक सचेत गराएपनि नटेरेको बताए । ‘देशका राजनीतिक पार्टी नसच्चिए बंगालादेश हुन्छ भनेको थिए । उनीहरुले टेरेनन्,’ उनले भने ‘भ्रष्टाचारमा लिप्त हुँदै अकुत पैसा जग्मा गर्न लागे ।’

नेपाली जनता संगठित भएर नलाग्ने हो भने नेपाल प्यालेस्टानी हुने चेतावनी समेत दिए । कुनैपनि देशलाई सक्नका लागि शिक्षा प्रणालीलाई ध्वस्त बनाइनछ । अहिले नयाँ पीडिले राजनीतिको ‘र’ उच्चारण गर्न चाहन्न । यही अवस्थामा हामी संगठित नहुने हो भने नेपाली जनताको हालत प्लालेस्टाइनी जनताको जस्तो हुन्छ’–उनले भने । उनले अमेरिकालाई मानव जातिको सबैभन्दा दश्मन देश भएको समेत आरोप लगाए । नेपाली प्रधानमन्त्रीलाई बधाई नदिने दलाई लामाले यसपटक दिएकोमा समेत उनले आशंका व्यक्त गरे ।
उनले अहिलेसमम जेनजीको प्रतिनिधि नभेटिएको भन्दै देशको अवस्था भयाभहको अवस्थामा पुगेको बताए । नेपाल अर्ध उपनिवेश राष्ट्र भएको दाबी गर्दै केसीले बाहिरको शक्तिले सञ्चालन गरेका गतिविधि नेपाली जनताले प्रत्यक्ष रुपमा नदेख्ने समेत बताए ।

अहिले विदेशी नागरिकलाई पनि वंशजको नागरिकता दिने विषय नै राष्ट्रका लागि घात भएको उनको दावी छ । विदेशीलाई वशंजको नागरिकता दिनेगरी कानुन बनाएर देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिस, प्रधानसेतापति बनाउन प्रयत्न भइरहेको उनले बताए ।
यस्तै कार्यक्रममा बोल्दै नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा प्रतिगमत पैदा भएको बताएका छन् । जेनजी आन्दोलनमा गतल तत्वहरुको प्रवेश गरेको दाबी गरे । ‘आन्दोलनमा प्रतिगमनकारी तत्व र राजनीतिक दलका शक्ति पनि निजी स्वार्थ पुरा गर्न छिरे,’ उनले भने ‘गलत तत्वका प्रयोग गरेर यहाँ अस्थिरताको काम गर्न लागेका छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>