चितवन विशेष

मंसिर भित्रमै नियमित महाधिवेशन गर्न चितवनका कांग्रेस महाधिवेशन प्रतिनिधिको माग

Banner

चितवन, असोज २३–

नेपाली कांग्रेस भित्र यतिबेला नियमित महाधिवेशन या विशेष महाधिवेशन गर्न भन्ने बारेमा चर्को बहस भइरहेको छ । कतिपयले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर अभियान समेत चलाउन थालि सकेका छन् ।

यस्तो अवस्थामा चितवनमा रहेका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले भने आगामी मंसिर मसान्तभित्रमा नियमित महाधिवेशन सम्पन्न गर्न नै नेतृत्वलाई दबाब दिने दिने निर्णय गरेका छन् । भरतपुरमा आज (बिहीबार) बसेको भेलाले मंसिरभित्र नियमित महाधिवेशन गर्न नसक्ने अवस्था भए सोही मितिमै विशेष महाधिवेशन गर्न दबाब दिने निर्णय सर्वसम्मत रूपमै गरेको निवर्तनमान जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिएका छन् । ‘सकेसम्म नियमित महाधिवेशनमै जोड गरौं भन्ने छ, नभए मंसिरमै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने हाम्रो माग छ’–निवर्तमान सभापति श्रेष्ठले भने । उनकाअनुसार भेलामा ९० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी थिए।

भेलामा केन्द्रीय सदस्य उमा रेग्मी, टेकप्रसाद गुरुङ, जिल्ला सभापति राजेश्वर खनाल, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेलगायत ६० जना महाधिवेश प्रतिनिधिहरु बैठकमा सहभागी थिए। संस्थापन पक्षमा रहेका प्रतिनिधिसमेत सहभागी रहेको भेलाले विशेष महाधिवेशन गर्न पार्टीलाई दबाब दिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>