अर्थ

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

Banner

काठमाडौं , असोज २२-

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ ।

बुधवार २ हजार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँमा कायम थियो भने आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला दुई हजार ९५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>