चितवन विशेष

जमरा सेलाउन गएका पुरुष नारायणी नदीमा डुबे

Banner

भरतपुर,असोज २१-

जमरा सेलाउन गएका एक पुरुषलाई नारायणी नदीले बगाएको छ । आज बिहान करिब ७ बजेको समयमा भरतपुर महानगरपालिका १६ फुर्तिचोक बस्ने ५५ वर्षिय गोपाल शर्मा पौडेल भगेरीथानस्थित नदी किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएको थियो । उनि ना ६१ प ४९३६ नम्वरको स्कुटर चढेर नदी किनारमा जमरा सेलाउन पुगेका थिए । उनको खोजीका लागि वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोली खटिएको थियो । शर्माको शव सानोगढी किनारमा फेला पारिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>