अर्थ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

Banner

काठमाडौं , असोज २० –

नेपाली बजारमा सुनको मूल्य (आज)सोमबार २५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेर दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>