Breaking News

इलाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, चार बेपत्ता

Banner

इलाम, असोज १९-

इलाममा गएरातिको अविरल वर्षापछिको बाढी–पहिरोमा परी ३४ जनाको मृत्यु भएको छ। दिउँसो सवा १ बजेसम्मको विवरणअनुसार ४ जना बेपत्ता छन्।

जिल्ला प्रशासन कार्यालयको आधिकारिक प्रारम्भिक विवरणअनुसार इलाममा अहिलेसम्म ११ जनाको पोस्टमार्टम भएको छ। सिडिओ सुनिता नेपालले सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु, इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु र यही वडाको बालनगाउँमा १ बेपत्ता भएको, सन्दकपुर गाउँपालिकामा ४ को मृत्यु र २ बेपत्ता भएको जानकारी दिइन्।

उनका अनुसार माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ भने १ बेपत्ता छन्। फाकफोकथुम गाउँपालिकामा १ को मृत्यु भएको छ। ‘विवरण अझै आइरहेका छन्,’ उनले भनिन्, ‘सबै विवरण आउन समय लाग्छ।’ पहिरोले मेची राजमार्ग अवरुद्ध छ। केचना–कञ्चनजंघा मार्ग र वैकल्पिक सबै मार्ग अवरुद्ध छन्।

नेपाली सेनाको हेलिकप्टरले माङ्सेबुुङ गाउँपालिका १ को गजुरमुखीबाट गर्भवती साधना लिम्बू, मदन लिम्बू उनीहरूका छोरा संयोग लिम्बूको उद्धार गरेको छ। उनीहरू पहिरोमा फसेका थिए भने गम्भीर घाइते छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>