Breaking News
छ घण्टापछि नारायणघाट–मुग्लिन सडक खण्ड सञ्चालनमा
०

चितवन, असोज १३-
नारायणगढ–मुग्लिन सडक खण्ड छ घण्टापछि सञ्चालनमा आएको छ ।
आज (सोमबार) मध्यान्न १२ बजे इच्छाकामना–५ तुइन खेलामा गएको पहिरो हटापछि साँझ ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको हो । पहिरो हटाउनका लागि चार वटा मेसिन प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएपछि रोकिएका सवारी साधनहरु गतन्व्य तर्फ लागेका छन् । दिनभर रोकेका सवारी साधनका कारण यस सडक खण्डमा लामो जाम रहेको छ ।
यहाँ माथिबाट पिटक पटक खस्दा सडक अवरुद्ध हुँदै आएको छ । तीन दिनअघि ५८ घण्टापछि सडक खुलेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























