Breaking News

झण्डै ५८ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

Banner

चितवन, असोज ९-
पहिरोका कारण गत मंगलबार देखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड तीन दिनपछि सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिकास्थित तुइन खोला नजिकै खसेको ठूलो पहिरो पन्छाएपछि बिहीबार राती १०ः४० बजेदेखि सडक तुई तर्फि रूपमा खुलाइएको हो।

बुधबार, बिहीबार नारायणगढ र मुग्लिन दुवैतर्फबाट ६ वटा मेसिन प्रयोग गरी पहिरो हटाउने कामलाई तीव्रता दिइएको थियो। यहाँ मंगलरबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध सडक झण्डै ५८ घण्टापछि खुलेको हो । यहाँ पटक पटक पहिरो जाने गरेको छ । शुक्रबार साँझ साढे ६ बजे गएको पहिरो झण्डै ४६ घण्टापछि हटाएपछि सडक सञ्चालनमा आएको थियो । पुनः मंगलबार पनि दिउँसो एक बजेदेखि निरन्तर पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । ठुलो पहिरो भने साँझ ४ः५५ बजे ठुलो पहिरो गएको थियो । यहाँ सडकको १६० मिटर लम्बाई र २५ मिटर उचाईमा माटो जम्मा भएको थियो ।

राजमार्ग तीन दिनसम्म बन्द हुँदा सयौं सवारीसाधन र हजारौं यात्रु बाटोमै अलपत्र परेका थिए। रोकिएर बसेका गाडीहरूको लामो लाइनमा बसेका गाडीहरु गुड्न थालेका छन् । काठमाडौं र पोखराबाट चितवनतर्फ र चितवनबाट काठमाडौं(पोखरातर्फ हिँडेका यात्रुहरूले घण्टौं जाममा फस्नुपरेको थियो।
पहिरोको जोखिम र सवारीको चापका कारण यात्रा सहज हुन अझै केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>