अर्थ
सुन हालसम्मकै उच्च मूल्यबाट घट्यो, कतिमा हुदैँ छ कारोबार ?
०

काठमाडौं, असोज ९ –
सुन हालसम्मकै उच्च मूल्यबाट तोलामा १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघका अनुसार बुधबार प्रतितोला दुई लाख २३ हजार रूपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला दुई लाख २१ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि उच्च विन्दुबाट तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार २७ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला २६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























