राजनीति

रास्वपाको प्रष्टीकरणः नख्खु कारागारले नै पटकपटक आग्रह गरेपछि रविलाई जिम्मा लिएका हौं

Banner

काठमाडौँ, असोज ७–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नख्खु कारागारबाट पटकपटक फोन आएपछि सभापति रवि लामिछानेलाई जिम्मा लिएको प्रष्टीकरण दिएको छ ।

सभापति लामिछानेलाई पार्टी सभापति रवि लामिछाने २४ भदौमा निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ ।

मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले जिम्मा लिन भनेपछि सभापति लामिछाने बाहिर निस्किएको बताइन् ।

‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटकपटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको अवस्था हो,’ उनले स्पष्ट पार्दै भनिन् । लामिछाने पार्टीका नेताहरुको साथमा लागेर कारागारबाट बाहिरिएपछि लामिछानेको चौतर्फी आलोजना भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>