चितवन विशेष
कम्प्युटर एशोसियसन चितवनले दियो चितवन प्रशासनलाई २ वटा कम्प्युटर

चितवन, असोज २–
जेन–जी प्रदर्शनका क्रममा सरकारी कार्यालयमा भएका क्षतिका कारण सेवा प्रवाहमा कठिनाई सुरु भएसंगै कम्प्युटर एशोसियसन नेपाल चितवनले जिल्ला प्रशासन कार्यलयमा दुई थान कम्प्युटर सहयोग गरेको छ ।
डेढ लाख रुपैयाँ मूल्य बराबरको कोर आइ फाइभको ब्राण्डेड डेक्स्टप कम्प्युटर २ थान बिहीबार चितवन प्रशासनलाई हस्तान्तरण गरिएको हो । संस्थाका कार्यसमिति सदस्य तथा संस्थाको कोषबाट व्यवस्थापन गरेर सरकारी सेवालाई सहज होस् भन्ने उद्देश्यले कम्प्युटर सहयोग गरिएको क्यान महासंघका केन्द्रीय लेखा संयोजक भानु शर्माले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सहयोग प्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगका लागि अनुरोध गरे। क्यान महासघ चितवनका अध्यक्ष विष्णु लामिछानेले कम्प्युटर हस्तान्तरण गर्दै यसको उचित प्रयोग गरी सेवाग्राहीलाइ छिटो सेवा प्रदान होस् भन्ने अपेक्षा गरे । कार्यक्रममा उपाध्यक्ष रुपक नेपाल, सचिव कृष्ण पोख्रेल, कोषाध्यक्ष अशिम ढुंगाना, सदस्यहरु जानकी शर्मा, निरन्जन आचार्य, पूर्व अध्यक्ष भानु शर्मा, संतोषजनक भुसाललगायतको उपस्थिति थियो ।
























