चितवन विशेष
जेन–जी शहिदप्रति मारवाडी समुदाय चितवनको दीप प्रज्वलन
०

चितवन, असोज २–
जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मारवाडी युवाहरुले चितवनमा दीप प्रज्वलन गरेका छन् ।
मारवाडी सेवा केन्द्र नारायणगढ, मारवाडी महिला मञ्च नारायणगढ र मारवाडी युवा मञ्च नारायणगढले संयुक्त रुपमा बुधबार साँझ मारवाडी सेवा केन्द्र नारायणगढ परिसरमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
कार्यक्रममा माननीय सेवा केन्द्र नारायणगढ का अध्यक्ष पंकज अग्रवाल मारवाडी महिला मञ्च नारायणगढकी अध्यक्ष स्वाथि अग्रवाल मारवाडी युवा मञ्च नारायणगढका अध्यक्ष राजु चौधरी चौतारी टोलका अध्यक्ष लगायत मारवाडी समाजको उपस्थिति रहेको थियो। बुधबार सरकारले शोक बिदा समेत दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























