Breaking News
रास्वपाले भन्यो- घोषित लक्ष्यबाट सरकार च्युत भए प्रतिरोध हुन्छ

काठमाडौं,भदौ २८-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषित लक्ष्यबाट वर्तमान सरकार च्युत हुन नहुनेमा जोड दिएको छ । सरकार च्युत भए प्रतिरोध हुने रास्वपाले स्पष्ट पारेको छ । शनिबार (भदौ २८) विज्ञप्ति जारी गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा आफ्नो दल सहयोगी भूमिकामा रहने जनाएका छन् ।
“फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्बाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरूप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रुतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ,” विज्ञप्तिमा भनिएको छ । संविधान पालनाको कोणबाट वर्तमान परिवर्तनप्रति प्रश्न उठाइएको पनि उनले उल्लेख गरेका छन् ।
विज्ञप्ति पढ्नोस्–

























