देश/प्रदेश

आगलागीले भायानेटको डाटा सेन्टर प्रभावित, सेवा अवरुद्ध भएकोमा माग्यो माफी

Banner

काठमाडौं, भदौ २६–

इन्टरनेट प्रदायक संस्था भायानेटको डाटा सेन्टर प्रभावित भएको छ ।

प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा (कान्तिपुर मिडिया ग्रुप रहेको भवन) अवस्थित भायानेटको प्रमुख डाटा सेन्टरमा क्षति पुगेको हो। यद्यपि भायानेटसंग ब्याकअप डाटा सेन्टरहरू रहेको र यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त नभएकोले सेवा देशभर अवरुद्ध हुन पुगेको जनाएको छ ।

भायानेटले इन्टरनेट र टिभी अवरोधका लागि आफ्ना आदरणीय ग्राहकहरूसमक्ष हार्दिक माफी मागेको छ ।
प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको भायानेटले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>