चितवन विशेष
चितवन मेडिकल कलेजमा उपचारत १२ जना घाइते डिस्चार्ज, ४ जना अझै भर्ना
०

चितवन, भदौ २४-
चितवनमा जेनजीले सोमबार आह्वान गरेको प्रर्दशन घाइते भएका १२ जना घाइते डिस्चार्ज भएका छन् । चितवन मेडिकल कलेजमा उपचारत १६ जना मध्ये १२ जना घाइते उपचार पश्चान डिस्चार्ज भएका हुन् ।
मेडिकल कलेजका अनुसार, ४ जना अझै उपचारत रहेको जानकारी दिएको छ । अस्पतालमा उपचरत हुनेमा २२ वर्षिय आरुष गुरुङ, १७ वर्षिय छायाँ गरुङ, १९ वर्षिय प्रमिता महतो, १७ वर्षिय सर्विन थिङ रहेका छन् ।
चितवनमा जेनजीले आह्वान गरेको प्रर्दशनका क्रममा सोमबार २३ जना घाइते थिए । सोमबार भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रर्दशनकारी र ८ जना प्रहरी घाइते भएका थिए । यस्तै आज पनि चितवनमा प्रर्दशन गर्ने तयारी भइरहेको छ । जेनजीले चितवन बन्दको आह्वान समेत गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























