Breaking News

आज बिहान ८ः३० बजेदेखि काठमाडौंमा कर्फ्यू

Banner

काठमाडौं,भदौ २४-

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ। मंगलबार बिहान ५ बजे सकिएको कर्फ्यूको समय बिहान ८ः३० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बढाएको हो। यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मङ्गलबार बिहान ५ बजेसम्म थप भएको थियो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशमा काठमाडौं महानगरपालिकाको बालुकरमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भागमा कर्फ्यू लाग्ने उल्लेख छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>