देश/प्रदेश

सुशान्त केसी भायानेटको ब्राण्ड एम्बासडर नियुक्त, ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान सुरु

Banner

काठमाडौँ, भदौ २०–

लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ । ब्राण्ड एम्बासडर घोषणासंगै नयाँ अभियान ‘ ‘इन्टरनेट फर ड्रिमर्स’ को सुरुवात समेत गरेको छ।

यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ। सुशान्त केसीको यात्रा इन्टरनेटबाटै सुरु भएको थियो। आफ्ना गीतहरू अनलाइनमै राखेर चर्चित बनेका केसी आज नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार बनेका छन्। भायानेटले सुशान्तकै जस्तै सपना देख्ने अन्य युवाहरूलाई साथ दिने उद्देश्यले यो अभियान ल्याएको हो।

‘इन्टरनेट फर ड्रिमर्स’ अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, र अनुभव आदानप्रदान गर्ने गतिविधिहरू मार्फत अगाडि बढाइनेछ।

यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई भायानेटसँगै ठूला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरि ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

भायानेटले सुशान्त केसीसँगको सहकार्यलाई गौरवको रूपमा लिएको उल्लेख गरेको छ। केसीको सङ्गीतप्रतिको समर्पण, दृढता र लगावले नेपाली युवापुस्तामा ऊर्जा र आत्मविश्वास भरेको कम्पनीको भनाइ छ।

भायानेट कम्युनिकेशन लिमिटेड नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक हो। कम्पनीले उच्च-गति, भरपर्दो र गुणस्तरीय फाइबर इन्टरनेट सेवा प्रदान गर्दै उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। नवीनतम प्रविधिको प्रयोग र निरन्तर सेवा सुधारमार्फत डिजिटल नेपाल निर्माणमा भायानेटको उल्लेखनीय योगदान रहँदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>