Breaking News
एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली
०

काठमाडौं, भदौ २०-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०८४ को चुनावमा एकल बहुमत ल्याउने बताएका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कम्तीमा एकल बहुमत ल्याउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए ।
उनले भने, ‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका कमिटी र कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन। हामी बहुमत ल्याउन सक्छौँ।’
उनले अहिले पार्टीको नीति अनुसार राष्ट्र अघि बढेकाले विरोधीहरूले प्रहार गरेको बताए। उनले थपे, ‘हामी सरकारमा छौँ, चुनावमा कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमा भएर धाँधली रोक्नेछौँ दृढताको साथ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























