चितवन विशेष
अप एजुकेशनका बिशेष प्रतिनिधिसंग स्टुडेन्ट वर्ल्ड चितवनमा अन्तरक्रिया,अष्ट्रेलिया र न्युजिल्याण्ड जाने विद्यार्थीले लाभ लिने

भरतपुर,भदौ १९-
अप एजुकेशनका लागि साउथ एसियाका रिजनल म्यानेजर सविन कार्कीसंग स्टुडेन्ट वर्ल्ड चितवनमा बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा अध्ययन गर्न जान चाहाने विद्यार्थीले कार्कीसंग प्रत्येक्ष संबाद गर्न पाउनेछन ।
अष्ट्रेलियाका तीन र न्युजिल्याण्डका तीन युनिभर्सिटी अप एजुकेशन फाउण्डेशन अन्तर्गत रहेका छन । भरतपुर १० रिजाल चोकमा रहेको कार्यालयमा विहान १० बजेदेखि दिउसो २ बजेसम्म विद्यार्थीले सम्पर्क गर्न सक्ने स्टुडेन्ट वर्ल्ड चितवनका अपरेशन डिरेक्टर प्रविन कार्कीले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले अष्ट्रेलियाका तीन र न्युजिल्याण्डका तीन युनिभर्सिटीका बारेमा जानकारी पाउनुका साथै भिसा प्रोसेर र अन्य परामर्श लिन सक्नेछन । स्टुडेन्ट वर्ल्ड चितवनबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,न्युजिल्याण्ड,क्यानडा,युके,युएसए लगायतका देशमा जान चाहाने विद्यार्थीले शैक्षिक परामर्श सेवा प्राप्त गर्न सक्नेछन ।
























