चितवन विशेष
इन्ट्रयाक क्लब अफ बाल्मीकि शिक्षा सदनको आयोजनामा तीन दिने आइटी फेष्ट

भरतपुर,भदौ १७-
इन्ट्रयाक क्लब अफ बाल्मीकि शिक्षा सदनको आयोजनामा तीन दिने आइटी फेष्ट कार्यक्रम गरिएको छ । अत्याधुनिक प्रविधिको आजको युगमा प्राविधिक सोच भएका युवाहरुलाई एकै ठाउँमा राखेर नयाँ नयाँ प्रविधिको प्रतिभा प्रस्फुटनका लागि भदौ १३ देखि १५ गतेसम्म फेष्टको आयोजना गरेको हो ।
सो कार्यक्रममा सिएसएस ब्याटल,वेभ डेभलोपमेन्ट,पबजी लेन,टाइपिङ कम्पिटेशन,डिजिटल आइटी क्वीज,मल्टिमिडिया कन्टेस्ट जस्ता प्रतियोगिताहरु सम्पन्न भएको थिए । कार्यक्रममा चितवन जिल्ला भित्र र बाहिरी जिल्ला रुपन्देही र जनकपुरका गरी ८ समूहको सहभागिता रहेको थियो । एक्र्सपट एजुकेशन एण्ड भिजा सर्भिसेजको प्रायोजनमा बाल्मिकी शिक्षा सदनमा भएको कार्यक्रममा प्राचार्य प्रदिप पौडेल,प्लसटु संयोजक विष्णुप्रसाद ढकाल,सहायक प्राचार्य प्रकाश सुवेदी,कार्यक्रम संयोजक प्रवेश बस्नेत लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा आइसिटी कालिका बुटवल प्रथम भएको थियो ।

























