क्रिकेट

भरतपुरमा भोलिदेखि जिल्लास्तरीय अन्तरस्कुल नकआउट क्रिकेट प्रतियोगिता हुने

Banner

चितवन, भदौ १५–
चितवनको भरतपुरमा भोलि (सोमबार)देखि प्रथम संस्करणको ‘बीसीए इन्टर हाइस्कुल नकआउट क्रिकेट प्रतियोगिता’ हुँदैछ । भरतपुर क्रिकेट एकेडेमीको आयोजनामा भरतपुर–५ समीचोकस्थित एकेडेमीको मैदानमा प्रतियोगिता सुरु हुन लागेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेलबाट हुनेछ ।
प्रतियोगिताको समुद्घाटन खेलमा भरतपुरको वाल्मीकि शिक्षा सदन र नारायणी इङलिस सेकेण्डरी स्कुलबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका निर्देशक महादीप श्रेष्ठले जानकारी दिनुभयो । भोलि नै हुने दोस्रो खेलमा भरतपुरको चितवन मावि र खैरहनीको ग्लोसाइन एकेडेमीबीच प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो । खेल ११ः३० बजेबाट सुरु हुनेछ ।
भदौ २३ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाभरका १६ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताका संयोजक दिपेश श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक भरतपुर क्रिकेट एकेडेमीका अध्यक्ष गिरीले जानकारी दिनुभयो । प्रतियोगिताको सह–आयोजकमा भरतपुर स्पोर्टस क्लव रहेको छ भने चितवन जिल्ला क्रिकेट संघले सहकार्य गरेको छ । प्रतियोगिताको लाइभ पार्टनरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवन रहेको छ भने इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेशन नारायणगढ रहेको छ ।
भर्खरै स्थापना भएको एकेडेमीले आफ्नै स्तरीय मैदान निर्माण गरेको छ । एकेडेमीले बालबालिकाहरुलाई प्रशिक्षण दिलाउन सुरु गरि सकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>