Breaking News

आज हुँदै ‘नेपाल आइडल सिजन ६’ को फिनाले, चितवनबाट दर्शना गान्धारी प्रतिस्पर्धामा

Banner

काठमाडौं,भदौ १५-

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को छैटोँ संस्करणको ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा हुने समारोहबीच आज विजेता घोषित हुनेछ। यसपटकको फिनालेमा पाँचजना प्रतियोगीबीच प्रतिस्पर्धा हुँदैछ। सिक्किमबाट बबिता थापा मगर, दार्जिलिङबाट अभिनय खाति, चितवनबाट दर्शना गान्धारी, सिन्धुपाल्चोकबाट गंगा सोनम र काठमाडौँबाट मृनल माधन्धरबीच विजेताका लागि भिड्नेछन्।

यसअघिका सिजनमा भने फिनालेमा चार प्रतियोगीहरूबीच प्रतिस्पर्धा हुने गरेको थियो। विजेताले नगद २५ लाख रुपैयाँ पाउनेछन् भने फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ। भोटिङको आधारमा विजेता घोषणा गरिनेछ।

सुरेश पौडेल र एलेन श्रेष्ठ निर्देशक रहेका छन्। यस पटक पनि निर्णायकको रुपमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले जिम्मेवारी निर्वाह गरेका छन्। आसिफ शाह उद्घोषक रहेको फिनाले साँझ ५ बजेपछि एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल आइडलको पहिलो विजेता बुद्ध लामा हुन्। त्यसपछि दोस्रो सिजनमा रवी ओडले जित्दा तेस्रो सिजनमा सज्जा चौलागाईं विजेता घोषित भइन्। चौथोमा भुपेन्द्र थापा मगरले उपाधि जित्दा करण परियार पाँचौ संस्करणको विजेता बनेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>