चितवन विशेष

स्टेप बाइ स्टेप इङ्लिस स्कुल को रजत वर्ष २०८२ को लोगो अनावरण

Banner

भरतपुर,भदौ १४-

चितवनको भरतपुर महानगरपालिका ९ शरदपुरस्थित स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलले रजत वर्ष (२५ औं वार्षिकोत्सव) २०८२ भव्य रुपमा मनाउने भएको छ । स्कुलले शनिवार एक कार्यक्रमको आयोजना गरेर लोगो अनवरण ग¥यो । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले लोगो अनाबरण गर्नुभयो । सो अवसरमा बोल्दै महाशाखा प्रमुख आचार्यले विद्यालयलाई शुभकामना दिँदै रजत वर्ष २०८२ सफलताको कामना गर्नुभयो ।

रजत वर्षका कार्यक्रम अन्तर्गत भदौ २१ गते साइकल र्‍याली आयोजना गरिएको छ । स्कुलबाट सुरु हुने र्‍याली बुद्धचोक, बिकासचोक, चोकबजार, पाडेघुम्ती, चौराली चोक हुँदै स्कुलमा पुगेर समापन हुने विद्यालयका अध्यक्ष एवम् प्रबन्ध निर्देशक जेबी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख २८ गते निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ । जसमा बेस अन्तर्गतका विद्यालयका विद्यार्थी सहभागि हुन पाउनेछन ।

असोज ३ गते कर्मचारी भलिबल प्रतियोगिता,४ गते फुटसल कार्यक्रम,६ गते अभिभावक हाजिरी जवाफ कार्यक्रम आयोजना गरिएको छ भने कात्तिक १० गते रक्तदान कार्यक्रम,१५ गते जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता र २२ गते फुटसल प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य एवम् रजत जयन्ती मूल समारोह समितिका संयोजक कृष्णप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले कात्तिक २८ गते वक्तृत्वकला प्रतियोगिता, ३० गते नृत्य प्रतियोगिता, मंसिर १ गते ट्राफिक सचेतना कार्यक्रम, ४ गते विद्यार्थी खेलकुद कार्यक्रम, ८ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम र ९ गते मूल समारोह आयोजना गरिएको भट्टले बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषिराम शर्मा,विद्यालयका जग्गाधनी रेवतीरमण अधिकारी लगायत शिक्षक,विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>