चितवन विशेष

इन्जिनियरिङको प्रवेश परीक्षामा अर्किडका विद्यार्थीको गौरवमय सफलता

Banner

भरतपुर,भदौ १४-

चितवनको भरतपुरस्थित अर्किड कलेजका चार विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को प्रवेश परीक्षामा गौरवमय सफलता हासिल गरेका छन । देशव्यापी प्रवेश परीक्षामा ११ हजार बढि विद्यार्थी सहभागि भएकोमा अर्किडका चार विद्यार्थी सय भित्र पर्न सफल भएका हुन ।

कलेजका विद्यार्थी सोनिक भुसाल २७ औं स्थानमा, प्रनिल न्यौपाने ३० औं स्थानमा, स्विकार देवकोटा ७३ औं स्थानमा र प्रविन ढकाल ९९ औं स्थानमा नाम निकाल्न सफल भएका छन । यस्तै कलेजका विद्यार्थी शिशिर पौडेल, युवराज आचार्य, निश्चल अधिकारी लगायत धरै विद्यार्थीले इन्जिनियरिङ तथा अन्य प्रवेश परीक्षामा उच्च स्थानमा उत्तिर्ण भई आफ्नो श्रेष्ठता प्रदर्शन गरेको कलेजले जनाएको छ ।

यस्तै काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ प्रवेश परीक्षामा पनि विद्यार्थी प्रविन ढकालले दोस्रो स्थान,प्रनिल न्यौपानेले १२ औं र स्विकार देवकोटाले ४० औं स्थानमा नाम निकाल्न सफल भएका छन । अर्किडका छात्र सागर ज्ञवालीले चार्टर्ड एकाउन्टेन्ट (सीए)को अन्तिम परीक्षामा हालसम्मकै इतिहासमा उच्च अंकका साथ नेपाल प्रथम भएको कलेजले जनाएको छ ।

विद्यार्थीको अथक मेहनत, शिक्षकहरुको मार्गदर्शन र अभिभावकको सहयोगले कलेजले सधै उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>